जमेको पानीको निकास गर्दा स्थानीयको ढुङ्गामुढा, १० प्रहरी घा’इते

0
36

कैलालीको धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न क्रममा प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी –२ हुँदै मोहना नदीतर्फ निकास दिने क्रममा प्रहरीमाथि मंगलबार ढुंगामुढा प्रहार गरिएको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले केटिएम दैनिकलाई बताए । उनका अनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेपनि अवस्था खतरामुक्त छ ।

सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको छ । अश्रुग्यास प्रहार गरेपछि भीड नियन्त्रणमा आएको थियो ।लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध हुने अवस्थाका बीच स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको उनले बताए । यसअघि सोमबार पनि प्रहरीले बल प्रयोग गरेरै कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो ।

तर स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि सोमबार रातिदेखि नै परेको पानीले विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो । वडा नम्बर २ का स्थानीयले सो पानीले आफ्ना घरहरु डुबानमा पर्ने भन्दै विरोध गर्दै आएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित निकास गर्ने निर्णय गरेको थियो । तर स्थानीयले लगातार विरोध र प्रर्दशन गर्न थालेपछि प्रहरीलाई समस्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here