भारतीय ‘मोस्ट वा’न्डेट’ पप्पु विराटनगरबाट पक्राउ !

0
68

भारतको मोस्ट वान्टेडको सूचीमा रहेको पप्पुकुमार पटेल नेपालबाट पक्राउ परेका छन् । बुधबार राति सशस्त्र प्रहरीले पप्पुलाई विराटनगर–१६ बाट ह’तियार र लागु’औषधसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले पटेललाई ठूलो मात्रामा लागुऔषध र कटुवा पे’स्तोलसहित पक्राउ गरेको हो । विराटनगर १६ हुलास चोक दक्षिणगेट नजिकदेखि पप्पुलाई बुधबार राति साढे १० बजे पक्राउ गरेको हो । प्रहरीले पप्पुको साथबाट एक थान पेस्तोल र अवैध लागू’औषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागू’औषधसहित सीमा नाका जङ्गे सीमा स्तम्भ १८० नम्बर नजिक डम्पिङ साइटको बाटो भएर नेपाल आउने क्रममा पप्पुलाई पक्राउ गरेको जानकारी दिए । सशस्त्र प्रहरीले कटुवा पे”स्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागूऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको छ । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ ।

कवाडी सङ्कलकका रूपमा नेपालमा अपराध!! विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भई फरार भएका पप्पुलाई भारतीय प्रहरीले मोस्ट वा’न्टेडको सूचीमा राखेर खोजी तिव्र पारेको थियो । त्यसपछि कवाडी सङ्कलकका रूपमा नेपालमा प्रवेश गरेका उनले नेपालमै ह”तियार तथा लागुऔषध कारोबारमा लागेका थिए । ‘पप्पुले पे’स्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले भने, ‘हुलिया बदलेर कवाडी सङ्कलन गर्न हिँड्ने गरेका रहेछन्, शङ्का लागेपछि चेकजाँच गरिएको थियो, उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’ उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अप’राधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल मोरङका डिएसपी गोपीकृष्ण ठाकुरका अनुसार उनी जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए । नेपालमा आफ्नो सम्पर्कमा रहेका अपराधिक पृष्ठभूमिका व्यक्तिलाई पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here