संसद विघटन विरुद्धको रिटमा आज फैसला आउन सक्ने

0
40

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट वारे आज सर्वोच्च अदालतले फैसला दिने प्रवल संभावना छ । संसद विघटन बदर गर्न र बहुमत सांसदको हस्ताक्षर बुझाएकाले काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै परेको रिटमाथी आज फैसला आउने सम्भावना रहेको छ ।

दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो। रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरूको राय दिने प्रक्रिया सबै सकिइसकेकाले आजको इजलासबाट फैसला आउने सम्भावना बढेको हो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संविधानको धारा ७६ को ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै रिट हालेका थिए।

देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए।

आज हुन सक्ने फैसला प्रति सर्वत्र चासो वढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here