कान्तिपुरले सोमबार गरेको एउटा गम्भीर गल्ती जुन धेरैले पत्तै पाएनन्

0
32

तपाईँले असोज १८ गते सोमबारको कान्तिपुर हेर्नुभो? हेर्नुभएको भए एउटा गम्भीर गल्ती थियो त्यसमा पत्ता लाउनु भो? धेरैले यो गल्तीबारे पत्तै पाएनन्। अझ पत्रिका नपढी इपेपर मात्र हेर्नेले त झन् थाहा पाउने कुरै भएन। किनभने इपेपरमा त्यो गल्ती सच्याइएको थियो। तपाईँलाई अचम्म लाग्यो होला, कस्तो गल्ती थियो भनेर। पख्नुस्, म भन्छु नि ! असोज १८ गतेको कान्तिपुरको पेज नम्बर १२ मा विदेशका समाचार थिए भने १३ नम्बरमा खेलकुद। १२ औँ पेजमा अमेरिका उत्तर कोरिया वार्ता पहल, बेलायत अब विज्ञानमा सुपरपावर, भारतमा एकै दिन ८० लाखलाई खोप जस्ता शीर्षकमा समाचार थियो।
नियमित पत्रिका आद्योपान्त पढ्नेले यति मै गल्ती थाहा पाइसक्थ्यो। किनभने यी समाचार उसले पहिले पनि पढिसकेको जस्तो छु भनेर थाहा पाइहाल्थ्यो। वास्तवमा कान्तिपुरले असोज १८ गतेको पत्रिकाको १२ औँ पेज त्यो दिनको होइन, तीन महिनाअघिको छापेको रहेछ। मान्छेले पत्रिका हेरेपछि माथिको मिति लेखिएको सानो अक्षर त्यति याद गर्दैनन्। तपाईँसित पत्रिका छ भने गएर फेरि पल्टाएर हेर्नुस् त, असोज १८ गतेको पत्रिकाको १२ औँ पेजमा ‘मंगलबार, ८ असार २०७८ (Tuesday, June 22, 2021) लेखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here