धादिङ /धादिङमा ११ वटा गाडीमा आएका तीन शय जन्ती रित्तै फर्किएका छन् । दुलहीको उमेर नपुगेको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेपछि तीन शय जन्ति विवाह मण्डपमै नपुगी रित्तै फर्किएका हुन् ।

यो धादिङको गजुरी गाउँपालिका वडा नं।६ मिलनटारमा भएको घटना हो । धुर्व सुवेदीले आफ्नो १८ वर्षिया छोरी सपना सुवेदीको गल्छी गाउँपालिका -६ बाहुनपलाङका २९ वर्षिय कविराज अधिकारीसँग विवाह गरिदिँदै थिए । तर, उनले आफ्नो छोरीको कन्यादान गर्न पाएनन् । स्थानीय आमा समूहले उमेर नपुगेको छोरीको विवाह नगरिदिन मौखिक रुपमा बारम्बार अनुरोध गरिरहेको थियो । त्यस्लाई दुलहीका आमाबुबाले बेवास्था गरिरहे ।अन्ततस् आमा समूह इलाका प्रहरी कार्यालय गजुरीमा विवाह रोक्न उजुरी दिन बाध्य भयो। त्यपछी घटनाले अर्कै मोड लियो। बाजागाजासहित जन्ती लिएर दुलही लिन गएका दुलाह जन्तीसंगै रित्तो हात फर्किन विवस भए। माइतीपक्षलाई विवाह रोक्न आदेश दिएर प्रहरीले दुलाह पक्षका जन्तीलाई आदमघाटस्थित शसस्त्र प्रहरी बेस क्याम्पबाट नै फर्कादिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here