गोरखा : गोरखाको सौरपानीमा भएको जीप दु र्घटनामा ८ जना घाइते भएका छन्। बारपाक सुलीकोट-४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार आठ जना घा इते भएका हुन्।

प्रहरीचौकी सौरपानीका अनुसार १९ वर्षकी बिमला गुरुङ, २० वर्षकी रमा गुरुङ, ३३ वर्षका श्रीमान गुरुङ, ६० वर्षका पुतबहादुर गुरुङ, ६० वर्षकै क्षेत्रकुमारी गुरुङ र ३७ वर्षका टेकमान गुरुङ घाइते भएका छन्। उनीहरुमध्य विमला, रमा र श्रीमानको अबस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए। प्रहरीका अनुसार छहरे खोलाबाट करिब दुईसय मिटर तल पुगेको छ। घटनास्थल गोरखा सदरमुकामबाट ५० किलोमिटर भन्दा टाढा पर्ने भएकाले घा इतेको उद्दारका लागि हेलिकोप्टरको माग भइरहेको तर पाउन नसकिएको स्थानीय इश्वर ढकालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here