एक महिलाले आफ्ना श्रीमानलाई मा’रेर भान्छामा गा’डिन् । यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बना’इन त्यहीँ माथि चलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो स’नस’नीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बै’नेवालको ह’त्या गरेकी हुन् ।

बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह’त्या गरेको आ’रोपमा प’क्राउ गरेको छ । महेश एक महिनादेखि बे’पत्ता भएको भन्दै पुलि’सले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बे’पत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् । पुलिसले बे’पत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वी’स्ट आयो । मृ’तकका दाजु अर्जुन बैनेवालले पुलिसलाई आफ्नो भाइको घरमा केही सं’दिग्ध भएको बताए । अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहा’ना बनाएर टारिन् । त्यसपछि पुलिस एस’एचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दु’र्गन्ध झनै बढ्यो । किचनमा दु’र्गन्ध आएको ठाउँमा ख’नेर हेर्दा त्यहाँ मृ’तकको श’व भेटियो । श’व भेटिएपछि सोधपुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अ’वैध स’म्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मा’र्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू ह’त्या’को योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घ’टनामा थप अ’नु’सन्धान अगाडि बढाएको छ ।

सेनाको अनियमितता छलफलमा रक्षामन्त्री र प्रधानसेनापति उपस्थित नभएपछि बैठक स्थगित काठमाडौं : राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा नगएपछि स्थगित भएको छ। नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बिहीबारको बैठकमा उनीहरुलाई बोलाइएको थियो । बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए । तर राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएपनि नआएपछि बैठक स्थगित गरिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् । सम्बन्धित व्यक्तिविना छलफलको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न सांसदले माग गरेपछि बैठक स्थगित गरिएको हो । जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको छ। राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो। कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो। सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ। समितिको सुनुवाई कार्यदलले भनेको छ, ‘के कस्ता अनियमितता भएको हो, छानबिन गरी कानुन अनुसार कारवाही गरी समितिमा जानकारी गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्छ।’

प्रतिवेदनको २५ नम्बर बुँदामा मुख्यालयमा निर्माणका क्रममा भएको अनियमितालाई संक्षित उल्लेख गरिएको छ। उजुरी २०७६ जेठ ९ मा समितिमा परेको थियो। सैनिक अधिकृतको उजुरीमा भनिएको छ, ‘सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको छ। यसको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन टोली गठन गरी छिटोभन्दा छिटो दोषीलाई कारवाही गरी हिनामिना गरेको रकम असुल गरी भूकम्पपीडितलाई सहयोग गर्न जोडदार माग गर्दछु।’ कार्यदल प्रतिवेदनले पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीमाथि सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको लागि पत्र पठाउन समितिलाई सुझाव दिएको छ। पूर्वप्रधानसेनापति क्षत्रीविरुद्ध २०७६ भदौ १२ गते समितिमा उजुरी परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here