पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ख१५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ख६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका- ९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर खाएको थियो । बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ । ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवत्ता एकनारायण कोइरालाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here