काठमाडौं। साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा को’रोना भा’इरस (कोभिड – १९) को संक्र’मणको संकेत देखिएको छ । को’रोना सं’क्रमणको संकेत देखिएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा पुर्‍याइएको छ । मंगलबार राती ९ बजे नेपाल फर्किएका उनको विमानस्थलस्थित हेल्थ डेक्समा खटिएका स्वास्थकर्मीले जाँच गर्दा उनमा को’रोना संक्र’मणको संकेत देखिएको हो ।

को’रोनाको संकेत देखिएका उनलाई तत्काल एम्बुलेन्समा राखेर आइसोलेसका लागि टेकु अस्पताल पुर्‍याइएको थियो । मंगलबार नै कुवेत र कतारबाट आएका अन्य दुई व्यक्तिलाई पनि कोरोना संक्र’मणको आशं’कामा टेकु अस्पतालमा रेफर गरेको विमानस्थल हेल्थ डेक्सले जनाएको छ । यस्तै,को’रोना भा’इरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृ’त्यु भएसँगै ज्या’न गु’माउनेको संख्या ७७ पुगेको छ । इरानका २३ जना सांसदलाई को’रोना भा’इरस स’ङ्क्र’मणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा स’ङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए । इरानमा एकै दिन को’रोना भा’इरसका कारण यति धेरै स’ङ्क्रमित भेटिएको यो पहिलो दिन हो । इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घा’तक यस भा’इरसको स’ङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घा’तक यो भा’इरस स’ङ्क्र’मणका कारण ७७ जनाको मृ’त्यु भएको छ ।” नयाँ भा’इरसको स’ङ्क्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी ३ हजार बढी व्यक्तिको मृत्यु भएको छ भने स’ङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृ’त्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्वभर यस भा’इरसको स’ङ्क्रमणका कारण मृ’त्यु हुनेको सङ्ख्या तीन हजार १ सय १६ व्यक्तिको मृत्युभइसकेको छ । स’ङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृ’त्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here