नयाँ दिल्लीः दिल्लीमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएपछि दिल्लीको नोएडामा दुई निजी विद्यालय केही दिनका लागि बन्द गरिएको छ । विद्यालयले इमेल र वाट्स एपमार्फत विधार्थीका अभिभावकलाई जानकारी गराएका छन् । विद्यालय बन्द गरेकोमा नडराउन समेत आग्रह गरेका छन् ।

दिल्लीमा जो व्यक्ति भाइरस संक्रमित भएका थिए, उनको बच्चा नोएडास्थित विद्यालयमा पढ्छन् । उक्त व्यक्ति विदेशबाट फर्केपछि घरमा पार्टी गरेका थिए । त्यो पार्टीमा पाँच परिवार र १० जनाको उपस्थिति रहेको थियो । पार्टीपछि जाँचमा उनी भाइरस संक्रमित भएको देखिएको हो । यस घटनापछि केही समयका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमित भएका ती व्यक्तिको सम्पर्कमा आएका अन्यलाई पनि छुट्टै घरमा राखिएको छ। कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी ती व्यक्ति हुन्छ, जसमा रोगसँग लड्ने कम क्षमता हुन्छ । यस्तो अवस्थामा बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने गर्छन् । विद्यायलयले संक्रमित व्यक्तिको बच्चाको सम्पर्कमा आएका अन्य विद्यार्थीहरुलाई पनि दुई हप्ताको लागि अरु बाट टाढा राखिएको छ । यस्तै विद्यालयको सार्वजनिक ठाउँ र कक्षा कोठाहरु सफा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here