महिलाको सुडौल स्त’नमा पुरुषको चासो धेरै अघिदेखि नै देखिँदै आएको हो तर यसको सर्वमान्य विकासक्रमिक (इभोल्युसनरी) व्याख्या अहिलेसम्म उपलब्ध छैन । यसमा अनुसन्धान भने भइरहेका छन् । त्यसो त विज्ञानले ठूला प्रश्नहरूको उत्तर खोजिरहेको हुन्छ । हामीहरू अहिलेको अवस्थामा कसरी आइपुग्यौं ? ब्रह्माण्डको शुरूआत कसरी भयो ?

वास्तविकताको प्रकृति कस्तो छ ? आदि आदि । तर अहिले विज्ञानले यो प्रश्न सोधिरहेको छ : पुरुषलाई महिलाको स्त’न किन यति धेरै मन पर्छ ? साइकोलोजी टुडे नामक पत्रिकामा मानवशास्त्री रोबर्ट डी मार्टिनले यस विषयमा हालै एक स्तम्भ लेखेका छन् । महिलाले स्तनपान गराउनैका लागि स्त’न बनेको हो भनिन्छ तर दुग्ध उत्पादन गर्ने महिलाको क्षमता स्त’नको आकारसँग सम्बन्धित छैन (कम्तीमा गर्भाधानअघि त छैन) । अझ, हर्मोनको स्तर र स्त’नको आकारबीच स्पष्ट सम्बन्ध देखिएको छैन । त्यसोभए किन पुरुषले महिलाको स्त’न मन पराउन थालेका हुन् त ? अलि पहिलेको वैज्ञानिक अनुमान अनुसार, स्तनहरूले बोसो सञ्चिति गर्छन् त्यसैले हाम्रा शिकारी–संकलक (हन्टर–ग्यादरर) पूर्खाहरूले खान नपाउने स्थितिमा त्यो सञ्चिति उपयोगी हुन्थ्यो । तर त्यो कुरा सत्य हुन्थ्यो भने पुरुषहरूले महिलाको शरीरका अन्य भागमा जमेका बोसोलाई पनि उ’त्तेजक मान्नुपर्ने हो । त्यसैले यो अनुमान पत्याउन सकिन्न । अर्को एक लोकप्रिय सिद्धान्त चाहिँ जोडीहरूबीचको निकट सम्बन्ध (बोन्डिङ) सँग जोडिएको छ । स्नायुविज्ञानका अध्ययनहरूले महिलाका निप्पलहरूलाई दुग्धपान गर्ने बच्चाले वा यौ’नसाथीले उत्तेजित पार्दा उनीहरूमा ओक्सीटोसिन भरपूर हुने र त्यो निकट सम्बन्ध बनाउने हर्मोन भएको साबित गरेका छन् । त्यसैले स्तनमा अतिरिक्त ध्यान दिने पुरुषले आफ्नो यौ’नसाथीलाई प्रभावित पार्न सक्छन् र महिलालाई आफ्नो सन्तान जन्माउनका लागि विश्वस्त तुल्याउन सक्छन् । यस सिद्धान्तको बारेमा तपाईंको धारणा के हुन्छ कुन्नि तर यसमा पुरुषहरूले निःस्वार्थीपना देखाएको लाग्छ जुन अस्वाभाविक छ (पुरुषहरू स्वार्थी हुन्छन्) । तर यसले सम्बन्धमा निकटताको सिद्धान्तलाई व्याख्या भने गर्छ ।

बेलायती मानवशास्त्री एडवर्ड डट्टनले चाहिँ स्तनको विकास नितम्ब जस्तो देखिने हिसाबमा भएको बताएका छन् । हाम्रा परापूर्खाहरूले जनावर झैं पछाडिबाट यौ’नकर्म गर्ने गर्थे र समयको कुनै विन्दुमा आएर उनीहरूले आमनेसामने भएर यौ’नकर्म गर्न थाले । विकासक्रमको इतिहासको यो क्षण एकदमै महत्त्वपूर्ण थियो किनकि अनुहार हेराहेर गरेर गरिने यौनकर्मसँगै लामो समयसम्म तथा तीव्रताका साथ गरिने चक्षु सम्पर्क (आई–टु–आई कन्ट्याक्ट) को विकास भयो जुन कुरा सन्तानोत्पादनमा यसअघि उपयोग गरिँदैनथियो । मानव प्रजातिका लागि अनुहार हेराहेर गरेर गरिने यौ’नकर्मले ल्याएको गम्भीर मानवशास्त्रीय परिवर्तनका बारेमा धेरै किसिमका अनुमानहरू पाइन्छन् । यस्तो यौ’नकर्मले जोडीको सम्बन्ध गहिरो बनाउन राम्रो योगदान गरेको हुनुपर्छ । डट्टनले यस परिवर्तनको एक परिणामका रूपमा महिलाका स्तनहरू विस्तार भएर क्लीभेज बनेको हुन सक्ने तर त्यसले पुरुषलाई नितम्बको क्य्राकको अनुभव गराएको हुनसक्ने धारणा राखेका छन् । विकासक्रम मनोवैज्ञानिक फ्र्यांक मार्लोले सम्भवतः सबभन्दा रमाइलो तर्क प्रस्तुत गरेका छन् । उनको न्युबिलिटी हाइपोथेसिस (यौ’नका लागि तयार बन्ने उमेर सिद्धान्त) ले पूर्ण विकसित स्तनले जवानीको र ऊर्वरताको संकेत दिने कुरा राख्छ । हाम्रा परापूर्खाहरूले कम्मरमाथिको भाग नढाकिकन हिँड्ने गरेका थिए अर्थात् महिलाका स्तनहरू पनि खुलै हुने गर्थे । भाषाको विकास हुनुअघि कुनै पनि वयस्क मानवको उमेर जान्ने कुनै उपाय थिएन, देखिने शरीरविज्ञानका संकेत मात्रमा भर पर्नुपर्थ्यो ।

महिलाहरूको उमेर बढ्दै जाँदा गुरुत्वाकर्षणको भारले स्तनहरू झोल्लिन थाले । त्यसैले महिलाको छातीमा भएका मांसपिण्डबाट पुरुषहरूले उनको उमेरको अनुमान गर्न थाले यद्यपि त्यो अनुमान अचेतन तहमा गरियो । युगौंयुगपछि अनि हजारौं पुस्तापछि पुरुषहरूलाई जवान स्तन भएका महिलासँग यौ’नकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो र त्यसले सन्तानोत्पादनमा सफलता दिलाउने औसत बढायो अनि उनीहरू अलि जवान (तर वयस्क भइसकेका) महिलासँग यौ’नकर्म गर्न थाले । यसरी विशेष किसिमको स्तनप्रति रुचि बढेपछि यौ’नसाथी छनोट पनि गर्न थालिएको हुनुपर्छ । पुरुषले चाहेको जस्तो स्तन भएका महिलाले सन्तानोत्पादनमा पनि राम्रो सफलता पाए र त्यसले गर्दा मानवहरूमा स्थायी रूपमा फुलेका स्तन देखिन थाले जुन अन्य कुनै पनि स्तनधारीमा देखिँदैन । मानवजातिको लाखौं वर्षको विकासपछि अहिले स्तनप्रतिको आकर्षण सबै विषमलिंगी पुरुष (र समलिंगी महिला) हरूमा पाइन्छ । यो सिद्धान्त पढ्दा त राम्रै लाग्छ तर यो नै सत्य हो त ? अनि यसमा सांस्कृतिक तत्त्वहरूको पनि कुनै भूमिका छ कि यो जैविक विकासक्रम मात्र हो ? अनि प्राकृतिक छनोट अहिले पनि लागू हुन्छ भने पुरुषले भविष्यमा कस्ता किसिमका स्तनहरूलाई आकर्षक मान्लान् आरटीमा प्रकाशित पिटर एन्ड्रुजको विश्लेषण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here