काठमाडौं : गाँ जा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सोमबार प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँ जा विधेयक दर्ता गरेका हुन्। तमाङले दर्ता गराएको गाँ जा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो।

विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै सांसद तमाङले गाँ जा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँ जा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताए । उनले गाँ जा बहुउपयोगी बनस्पति भएको भन्दै नेपालमा गाँ जा खेतिलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँ जा खेति गर्ने व्यवस्था गर्न आवश्यक रहेकाले यो विधेयक दर्ता गरेको जाकारी दिएका छन्। नेपालमा खेती गरिने गाँ जा अन्य मुलुकको भन्दा उच्च स्तरको रहेको मान्यता रही आएको तामाङको दाबी छ। ‘गाँ जाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडा लगायतका समाग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर, वोर्ड तथा इट्टासमेतको लागि उपयोगि हुनसक्ने गुण रहेको छ’ तामाङले विधेयक पेश गर्ने क्रममा भनेका छन्।, ‘गाँ जा वा भाँगको दाना अचार खानाको लागि वा तेल निकाली प्रयोग गर्ने गरी खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिनका साथै औषधीय गुण युक्त मह उत्पादन समेत हुनेछ।’ गाँ जा खेतीबाट हरियाली वातावरण भइ जलवायु परिवर्तनलाई न्यून गर्न समेत सहयोग पुग्ने, किसानको आर्थिक स्तरमा सुधार ल्याउन सकिने जस्ता अनेकौं फाइदा रहेका उनले जानकारी दिएका छन्। यिनै कारणले गाँ जा खेतीलाई नियमन तथा व्यवस्थित गर्न र गाँ जाको गै र कानुनी उत्पादन, बिक्रि वितरण तथा उपयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक भएकोले यो विधेयक पेश गरेको तामाङले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here