एजेन्सी, फागुन १९ थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो । प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ । पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला भाडामा लिएका थिए । उनीहरू माघ २९ गते त्यहाँ पुगेका थिए । समूहका अन्य व्यक्तिहरू चीन फर्किसकेका छन् । जुनको शरीर सुटकेसमा खुम्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँधिएको थियो । माझी सुतोन थापाथानले शरीर फेला पारेका हुन् । उनलाई सुटकेसमा कुहिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि तर्सिएँ,’ उनले भने । प्रहरीका लेफ्टिनेन्ट कर्नेल जित्तिपोल पोलपोनप्रुएस्काले अपराधको छानबिन गरिँदै गरेको र दुईवटा पक्राउपूर्जी जारी गरिएको बताए ।

माथिल्लो तामाकोसी : बाँध र डिस्यान्डर बेसिन परीक्षण गरिँदै दोलखा : राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण गरिने भएको छ। आयोजनाको बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई फागुन मसान्तमै परीक्षण गरिने भएको हो। भूकम्प आउनुअघि र पछि गरी १७ इन्च भासिएको बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरेपछि बाँधको पहिलोपटक परीक्षण गर्न लागिएको हो। ६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध तथा दुई सय मिटर लम्बाइको डिस्यान्डर बेसिन परीक्षण गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए। अर्को सातासम्म आवश्यक प्राविधिक कार्य सम्पन्न गरी फागुन मसान्तमै बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई परीक्षण गरिने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजनाको कठिनमध्ये मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम भइरहेको उनको भनाइ छ। फागुन १६ गतेसम्म ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २३० मिटर तथा ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १४० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको उनले बताए। तल्लो ठाडो सुरुङमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ। कुल ६८३ मिटरको ठाडो सुरुङमा फागुन १६ गतेसम्म ३७० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ। पेनस्टक जडानको क्रम बढ्दै जाँदा जडानको समयावधि कम लाग्ने तथा कंक्रिटिङको काम पनि तुलनात्मक रूपमा सहज हुने हुनाले जडानको गति बढ्दै जाने प्रवक्ता न्यौपानेले विश्वास व्यक्त गरे। अहिलेकै गति कायम रहे वैशाख मसान्तभित्र दुवै ठाडो सुरुङमा पेनस्टक जडान सकिने अनुमान गरिएको छ। ठाडो सुरुङको काम सकिएपछि प्लगिनलगायत काम र अन्य संरचनाको प्राविधिक परीक्षणको काम सम्पन्न गरी असार मसान्तसम्म परीक्षण विद्युत् उत्पादन सुरु गरिने प्रवक्ता न्यौपानेको दाबी छ। आयोजनाको पावरहाउस, हेडबक्स, प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ। आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here