म्यानमार : म्यानमारको डाला पोर्टमा ख’चाखच यात्रुले भरिएको एउटा पानी जहाजका क्याप्टेन अ’चानक पानीमा हा’म फालेको घ’टना अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएको छ । समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डु’ब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हा’म फालेका हुन् । ६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हा’म फा’लेर ती महिलालाई बचाएका थिए ।

‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो’ क्याप्टेन एइले भने, ‘एक महिला अ’चानक जहाजबाट पानीमा ख’सिन्, महिला ख’सेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उ’द्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन् अनि म हा’म फालेँ ।’ क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइ सकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन’

उनले भने, ‘अब म बुढो भइसकेँ, म म’रेँ भने पनि फरक पर्दैन, म हुँदा हुँदै कुनै युवा डु’बेर म’र्नु भएन, त्यही सोचेर म जहाजबाट हा’म फालेको थिएँ ।’ उनले ३४ वर्षीया महिला किन चान म्यालाई सकुशल उ’द्धार गरेका हुन् । क्याप्टेन एइलाई जहाजका अन्य क्रु र यात्रीले समेत महिलाको उ’द्धारमा सहयोग गरेका थिए । उ’द्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्थामा सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here