प्राकृतिक रुपमा सिंह र चितुवा एकआपसमा कहिल्यै मिल्दैनन्। सिंहले चितुवालाई आक्रमण गरेर मार्दछ। तर भारतको गुजरात राज्यस्थित गिर राष्ट्रिय निकुञ्जमा एक सिंहले चितुवाको डमरुलाई आफ्नै बच्चा जसरी हुर्काइरहेको छ।दुई महिना अगाडि जन्मिएको चितुवाको डमरुलाई सिंहले अपनाएपछि मानिसहरु यतिबेला चकित बनेका छन्। आफ्नो बच्चालाई जसरी नै उक्त सिंहले चितुवाको डमरुलाई हुर्काएको निकुञ्जका अधिकारीहरुले बताएका छन्।अन्तर्राष्ट्रिय संचारमाध्यममा नै यो विषय समाचार बनेको छ। यस समाचारसँगै एक तस्बिर पनि भाइरल बनिरहेको छ। मानिसहरुले उक्त तस्बिरमा प्रतिक्रिया जनाउँदै त्यस तस्बिरले ‘आमाको माया’लाई दर्शाउने बताइरहेका छन्। एजेन्सी

मलेसियासँग नेपाल पराजित थाइल्याण्डमा जारी भएको एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियासँग नेपाल २२ रनले पराजित भएको हो। मलेसियाले जितका लागि १५५ दिएको रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो बैंककस्थित तेर्थाई रंगशालामा भएको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो। मलेसियाले निर्धारित २० ओभरमा ६ विके गुमाएर १५४ रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले र कप्तान ज्ञानेन्द्र मल्लले समान ३८–३८ रन बनाए। पवन सर्राफले १९ रनको योगदान गरे। पासर खड्काले ९, आरिफ शेख ५, करण केसी २, विनोद भण्डारी ७, सन्दीप लामिछिानेले १ रन जोडे । कुशल मल्ल, सुशन भारी र अभिनाश बोहरा शून्य रनमै पेभिलियन फर्किए। सुरू मै विमेक गुमेपनि पारस र ज्ञानेन्द्रले १७ बलमा २१ रनको साझेदारी गरी स्कोर उकासेका थिए। पारस आउट भएपछि ज्ञानेन्द्र र दीपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दा नेपाल जिततर्फ उन्मुख थियो। लगातार विकेट गुमेपछि नेपाल सहज लक्ष्यलाई पार लगाई जित निकाल्नबाट बञ्चित बन्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here